बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

कमेडी शोमा किन रोए बबी देओल ?

बुधबार, १९ वैशाख २०८१, १२ : ०१
बुधबार, १९ वैशाख २०८१

मुम्बई । सन्नी देओल र बबी देओल छिटै कमेडी शो ‘द गेट इन्डियन कपिल शो’ मा आउँदैछन् । यो शोको प्रोमो पनि आएको छ । प्रोमोमा बबी देओल सन्नी देओलको अगाडि रोएको देख्न सकिन्छ । 

सन्नी देओलको कुरा सुनेर रोए बबी देओल

भिडियोमा सनी देओल बोलिरहेको देखिन्छ । ‘सन् १९६० देखि हामी लाइमलाइटमा छौँ । तर कयौँ वर्षदेखि हामी सङ्घर्ष गरिरहेका थियौँ तर पनि केही भइरहेको थिएन । मेरो छोराको बिहे भयो, त्यसपछि ‘गदर’ आयो, बाबाको फिल्म आयो, विश्वासै भइरहेको थिएन भगवान् कहाँबाट आइपुग्यो ।’ 

यो सुनेर बबी देओल रुन थाले । गदर र धर्मेन्द्रको रकी और रानीको प्रेम कहानी ब्लकबष्टर साबित भयो । उनका आँखाभरि आँसु छल्किरहेको थियो, उनी निकै भावुक भए । एनिमल आएपछि त कमालै भयो भन्दै सनी देओल ठुलो स्वरमा हाँस्न थाले ।

यो देखेर बबीको पनि अनुहारमा मुस्कान देखियो । एनिमलमा भिलेनको रुपमा सानो भूमिकामा देखिएका बबीले अहिलेसम्मको अभिनय करियरमा नपाएको सफलता र चर्चा पाए । यो फिल्मपछि बबीको हातमा ठुला बजेटका कयौँ फिल्म आएका छन् ।

शोमा सनीले पिता धर्मेन्द्रको बारेमा पनि कुरा गरेका थिए । धर्मेन्द्र छोराहरूलाई साथी बन भन्ने अनि साथी ठानेर केही बताएपछि उनी पिता व्यवहार देखाइहाल्छन् भन्दै सनीले मजाक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप