कमेडी शोमा किन रोए बबी देओल ?
मुम्बई । सन्नी देओल र बबी देओल छिटै कमेडी शो ‘द गेट इन्डियन कपिल शो’ मा आउँदैछन् । यो शोको प्रोमो पनि आएको छ । प्रोमोमा बबी देओल सन्नी देओलको अगाडि रोएको देख्न सकिन्छ ।
सन्नी देओलको कुरा सुनेर रोए बबी देओल
भिडियोमा सनी देओल बोलिरहेको देखिन्छ । ‘सन् १९६० देखि हामी लाइमलाइटमा छौँ । तर कयौँ वर्षदेखि हामी सङ्घर्ष गरिरहेका थियौँ तर पनि केही भइरहेको थिएन । मेरो छोराको बिहे भयो, त्यसपछि ‘गदर’ आयो, बाबाको फिल्म आयो, विश्वासै भइरहेको थिएन भगवान् कहाँबाट आइपुग्यो ।’
यो सुनेर बबी देओल रुन थाले । गदर र धर्मेन्द्रको रकी और रानीको प्रेम कहानी ब्लकबष्टर साबित भयो । उनका आँखाभरि आँसु छल्किरहेको थियो, उनी निकै भावुक भए । एनिमल आएपछि त कमालै भयो भन्दै सनी देओल ठुलो स्वरमा हाँस्न थाले ।
यो देखेर बबीको पनि अनुहारमा मुस्कान देखियो । एनिमलमा भिलेनको रुपमा सानो भूमिकामा देखिएका बबीले अहिलेसम्मको अभिनय करियरमा नपाएको सफलता र चर्चा पाए । यो फिल्मपछि बबीको हातमा ठुला बजेटका कयौँ फिल्म आएका छन् ।
शोमा सनीले पिता धर्मेन्द्रको बारेमा पनि कुरा गरेका थिए । धर्मेन्द्र छोराहरूलाई साथी बन भन्ने अनि साथी ठानेर केही बताएपछि उनी पिता व्यवहार देखाइहाल्छन् भन्दै सनीले मजाक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण