मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई

बुधबार, १९ वैशाख २०८१, १२ : ०८
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा बुधबार नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् । नियमित कप्तान रोहित पौडेललाई यो खेलमा आराम दिइएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिले फिल्डिङको निम्तो पाएको छ ।

वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप