वेस्ट इन्डिजले पहिलो विकेट गुमायो

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार नेपालले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ । वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई गुमाएको हो ।
उनी १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाउँदै आउट भए । उनी रन आउट भएर पेभेलियन फर्किएका हुन् । ३।१ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले २७ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।
पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल