वेस्ट इन्डिजले पहिलो विकेट गुमायो
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार नेपालले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ । वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई गुमाएको हो ।
उनी १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाउँदै आउट भए । उनी रन आउट भएर पेभेलियन फर्किएका हुन् । ३।१ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले २७ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।
पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण