‘पुजार सार्की’ जापानमा पनि प्रदर्शन हुने
काठमाडौँ । आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पुजार सार्की’ । आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का मुख्य भूमिकामा रहेको फिल्म टोकियोसहित जापानका ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ ।
फिल्मको जापान प्रदर्शन तीन दर्जन शरमा निश्चित भएको जापान अधिकार खरिद गरेका खिमराज शाहले बताए । फिल्म प्रदर्शन लागि अभिनेता पल शाह पनि जापान जानेछन् । मे २६ तारिखमा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा पल सहभागी हुनेछन् ।
फिल्म दिनेश राउतले निर्देशक गरेका हुन् । फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।
फिल्मका लेखक विकास सुवेदी हुन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ, भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीको र हिमाल केसीको दोन्द्ध ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
सिरोहियालाई जनकपुर लगियो, बुधबार म्याद थप गरिने