‘पुजार सार्की’ जापानमा पनि प्रदर्शन हुने
काठमाडौँ । आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पुजार सार्की’ । आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का मुख्य भूमिकामा रहेको फिल्म टोकियोसहित जापानका ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ ।
फिल्मको जापान प्रदर्शन तीन दर्जन शरमा निश्चित भएको जापान अधिकार खरिद गरेका खिमराज शाहले बताए । फिल्म प्रदर्शन लागि अभिनेता पल शाह पनि जापान जानेछन् । मे २६ तारिखमा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा पल सहभागी हुनेछन् ।
फिल्म दिनेश राउतले निर्देशक गरेका हुन् । फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।
फिल्मका लेखक विकास सुवेदी हुन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ, भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीको र हिमाल केसीको दोन्द्ध ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण