एउटा यस्तो शाकाहारी बर्गर जसलाई टोक्दा ‘रगत’ निस्कन्छ !
बीबीसी
एक क्याफेमा बसिरहेका १९ वर्षीय इवान मेक्कारमेक अगाडि राखिएको ठूलो र रसिलो बर्गरलाई ध्यानपूर्वक हेरिरहेका छन् ।
यो मासुजस्तै देखिन्छ, यसबाट मासुको जस्तै बास्ना पनि आउँछ र टोक्दा यसबाट रगत पनि बग्छ ।
तर यो सबै धोका हो ।
‘यो बर्गर अन्य शाकाहारी बर्गरभन्दा रसिलो र कुरकुरे छ, त्यसैले मलाई यो निकै मनपर्छ । यो अन्य बर्गरभन्दा ठूलो पनि छ । ’
उक्त बर्गर सिलिकन भ्यालीको एक कम्पनी इम्पोसिबल फूड्सले बनाएको हो । कम्पनीका अनुसार गहुँ, नरिवलको तेल र आलूबाट बनाइएको यो बर्गरले लगभग सबैजसो मांसाहारीलाई झुक्काइदिन्छ ।’
यो बर्गर बनाउनुको मुख्य उद्देश्य पर्यावरणलाई बचाउनु हो ।
कम्पनीका सिइओ प्याट ब्राउनले आफू सन् २०३५ सम्म खानामा पशुको प्रयोग पूर्ण रुपमा समाप्त गर्ने प्रविधिमाथि काम गरिरहेको बताए ।
उनका अनुसार मासुको कारोबारका लागि जनावरलाई पाल्नु एक कारखाना चलाउनुजस्तो हो । मासु, माछा र डेरी तीन उद्योगलाई यसमा समावेश गरिन्छ ।
उनी भन्छन्, ‘यी तीन उद्योगले अत्यधिक मात्रामा ग्रीनहाउस ग्यास बनाउनुका साथै सबैभन्दा बढि पानीको प्रयोग र त्यसलाई प्रदुषित पार्ने काम गर्छ ।’
फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) का अनुसार उत्सर्जित हुने ग्रीनहाउस ग्यासको १८ प्रतिशत पशुपालन उद्योगबाट आउँछ ।
सेन्टर फर एग्रिकल्चर एण्ड बायोसाइन्स इन्टरनेशनलका अनुसार वनस्पती प्रोटिनको तुलनामा पशु प्रोटिनको उत्पादनमा ११ गुणा बढि जिवाश्म इन्धनको आवश्यकता हुन्छ ।
अमेजनसमेत संसारभरीका जंगललाई विभिन्न कारण देखाउँदै काटिँदैछ ।
यद्यपी, एफएओले मासुको कारोबारले करोडौंलाई रोजगारी दिएको पनि बताउँदै आएको छ ।
इम्पोसिबल फुड्सका बर्गर पर्यावरणविद र शाकाहारीलाई मन पर्नेछ तर अहिले यो अमेरिकाका केही रेष्टुरेन्टमा मात्र सिमित छ ।
सन् २०२० सम्म सुपरमार्केटका लागि पनि यो आफ्नो उत्पादन बढाउने योजना बनाइरहेको छ । कम्पनीले माछाबाट बनेको उत्पादनमा पनि काम गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण