मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा
लम्की । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले पुनर्स्थापना गर्न बाँकी मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताएकी छन् ।
शुक्रबार कैलालीको लम्कीमा मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारले केही समयअघि मुक्त कमैया, कम्लहरी, हलियोको व्यवस्थापनका लागि कार्यविधि पारित गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि आफूले पहल गर्ने बताइन् ।
“मुक्त कमैयाका महिला र बालबालिकाको अवस्था मैले नजिकबाट देखेकी छु, उहाँहरूका समस्या बुझेकी छु । त्यसैले ती समस्या समाधानका लागि लागि म पहल गर्नेछु”, उनले भनिन् ।
संविधानसभा सदस्य सुक्दैया चौधरीले कमैयाहरुको व्यवस्थापनमा ध्यान दिन सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया, कम्लरी र हलियाको व्यवस्थापनका लागि कार्यविधि ल्याएकामा धन्यवाद दिँदै अन्य प्रदेशले पनि यससम्बन्धी कार्यविधि ल्याउन ध्यानाकर्षण गराइन् ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले अधिकांश मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर मालपोतमा लालपुर्जाको अभिलेख नभएको, छुट कमैयाको तथ्याङ्क संकलनको काम अगाडि नबढेका भन्दै सोसम्बन्धी आवश्यक कार्यका लागि आग्रह गरिन् ।
कार्यक्रममा अधिवक्ता बालाराम भटराईले कमैयाहरुको जीविकोपार्जनका लागि आयआर्जन, रोजगारी र पुनस्र्थापनाका काम अगाडि बढाउन तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताए । शुक्रबारदेखि लम्कीचुहा नगरपालिका-१ लम्कीस्थित मुक्त कमैया एकता शिविरमा सुरुभएको सम्मेलन भोलिसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण