केन्द्रको पहलमा एमाले पर्साको निर्वाचन सुरु
वीरगन्ज । नेकपा एमाले पर्साको पदाधिकारी तथा सदस्य छनोटका लागि निर्वाचन सुरु भएको छ । अधिवेशन सुरु भएको पाँचौँ दिनपछि एमाले पर्साको निर्वाचन प्रक्रिया सुरु भएको हो । मध्यान्ह साढे १२ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी छनोटमा आन्तरिक सहमति नजुट्दा निर्वाचन प्रक्रिया बिथोलिएको थियो । जिल्ला अध्यक्षमा डा.विश्वम्भर शर्मा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूमा संस्थापन पक्षले धाँधली गरेको भन्दै अर्को पक्षले विरोध गरेको थियो । सो लगत्तै अर्को पक्षले कार्यालयमा तालाबन्दी गरेको थियो ।
संस्थापन पक्षले धाँधली गरेको भन्दै शुक्रवार साँझ निर्वाचन स्थलमा दुई पक्षबिच कुटाकुटसमेत भएको थियो । माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान राखेको संस्थापन इतर पक्षले भने आज निर्वाचन प्रक्रियामा भाग लिएको छ ।
पार्टी केन्द्रले पहल गरेपछि दुईवटै पक्षले आपसी सहमतिमा निर्वाचन प्रक्रियामा भाग लिएको संस्थापन इतर पक्षका रामकिशोर सिंह (पराग) ले बताए । उनले भने, ‘केन्द्रले पहल गर्यो, जिल्लामा पनि जे गर्नुछ तपाईंहरु निर्वाचनमा भाग लिएर गर्नुस् भन्न थालियो । त्यसपछि हामी पनि त्यही हिसाबले निर्वाचनमा होमिएका हौँ ।’
उपाध्यक्ष, सचिव, उपसचिव, लेखा समिति अध्यक्षसहित अन्य पद तथा बाँकी सदस्यहरूका लागि निर्वाचन भइरहेको अध्यक्षमा निर्वाचित शर्मा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
-
गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण