शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सलमानको घरबाहिर गोली कान्डः सीबीआई अनुसन्धान माग्दै उच्च अदालत पुग्यो थापनको परिवार

आइतबार, २३ वैशाख २०८१, ११ : ४८
आइतबार, २३ वैशाख २०८१

नयाँ दिल्ली । सलमान खानको घरबाहिर गोली प्रहार घटनामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका अनुज थापानको परिवार उच्च अदालत पुगेको छ । थापनको मृत्युको मामिलामा सीबीआईको अनुसन्धानको माग गर्दै परिवार मुम्बई हाई कोर्ट पुगेको हो ।

थापनले प्रहरी हिरासतमा रहँदा शौचालयमा फन्दा लगाएर आत्महत्याको कोसिस गरेका थिए । अस्पताल पुर्‍याउँदासम्म उनको मृत्यु भइसकेको थियो । थापनकी आमा रीतादेवीले शुक्रबार उच्च अदालतमा दायर आफ्नो याचिकामा छोराको हत्या भएको आरोप लगाएकी छिन् ।

मृत्युमाथि परिवारले उठायो प्रश्न

याचिकामा थापनकी आमाले आफ्नो छोराको मृत्युको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)बाट गराउन उच्च अदालतसँग अनुरोध गरेकी छिन् । प्रहरीले थापनलाई थुनामा राखेर शारीरिक दुर्व्यवहार गरेको आरोप याचिकामा लगाइएको छ । थापानलाई राखिएको ठाउँको सबै सीसीटीभी फुटेज बुझाउन प्रहरीलाई निर्देशन दिन पनि उच्च अदालतसमक्ष माग गरिएको छ ।

याचिकामा यस्तो छ अपिल

अप्रिल २४ देखि २ मेबीच यस मामिलामा छानबिन गरिरहेका प्रहरी अधिकारीहरूको कल डाटा रेकर्डमाथि छानबिन गर्न पनि याचिकामा अनुरोध गरिएको छ । थापानको शवको फेरि पोस्टमर्टम गर्न निर्देशन दिन पनि अपिल गरिएको छ । 

सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर भएको गोलीकाण्डपछि प्रहरीले थापान, सोनु बिश्नोई, गोली प्रहारका आरोपीहरू सागर पाल र विक्की गुप्ता चार जनालाई पक्राउ गरेको थियो । यस मामिलामा ग्याङ्गस्टर लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोईलाई यस मामिलामा वान्टेड सूचीमा राखिएको छ ।

थापानको प्रहरी हिरासतमै मृत्यु भएको थियो

गोलीकाण्डका लागि हतियार र गोली उपलब्ध गराएको अभियोग लागेका थापनलाई सोनु बिश्नोईसहित पञ्जाबबाट अप्रिल २६ मा पक्राउ गरेर अप्रिल ३० सम्म प्रहरी हिरासतमा राखिएको थियो । यस अवधिमा, प्रहरीले महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट (मकोका)को प्रावधान लगाइएको थियो । 

प्रहरीले गत अप्रिल २९ मा थापनसहित चारै जनालाई विशेष अदालतमा हाजिर गरेको थियो मे ८ सम्मका  लागि प्रहरी हिरासतमा राख्न अनुमति दिइएको थियो । मे १ मा क्रफोर्ड मार्केटस्थित कमिसनरेट परिसरमा रहेको अपराध शाखाको बन्दी गृहको शौचालयमा थापन मृत फेला परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप