हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट मृत्यु प्रकरण: कहिले आउँछ रिपोर्ट ?
काठमाडौँ । हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाकी एक वृद्धाको मृत्यु भएको भनिएको घटना अझै पुष्टि हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती वृद्धाको ‘पोस्टमार्टम’ औषधिले नै निधन भएको पुष्टि नभएकाले थप परीक्षण गर्न लागिएकाले विस्तृत रिपोर्ट आउन तीनदेखि पाँच दिन लाग्ने जनाएको छ ।
‘पोस्टमार्टम रिपोर्टले हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले निधन भएको पुष्टि हुन सकेन,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘थप जाँचका लागि तीन दिनदेखि पाँच दिन लाग्ने भएको हो ।’
भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनको हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको परिवारको भनाइ छ ।
झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान वैशाख १६ गतेदेखि जारी छ । यो अभियान दुई साता सम्ममा जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण