युनाइटेडको लज्जास्पद हार
मङ्गलबार, २५ वैशाख २०८१, ०९ : २५
लण्डन । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध लज्जास्पद हार बेहोरेको छ । सोमबार ४–० को जित हासिल गर्दै प्यालेसले पहिलोपटक कुनै लिग सिजनका दुवै खेलमा युनाइटेडलाई पहिलोपटक हराउन सफल भएको हो ।
माइकल ओलिसेले खेलको १२ औँ मिनेटमा प्यालेसलाई अग्रता दिलाए । ४० औँ मिनेटमा जिन फिलिपे माटेटाले टोलीको अग्रता दोब्बर बनाए । घरेलु मैदानमा उनको लगातार छैटौँ गोल थियो ।
दोस्रो हाफको ५८ औँ मिनेटमा टाइरिक मिचेलले तेस्रो गाल गरे भने ६६ औँ मिनेटमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेको युनाइटेड ३५ खेलबाट ५४ अङ्कसहित लिगको आठौँ स्थानमा सीमित रहेको छ । प्यालेस ३६ खेलका ४३ अङ्कसहित लिगको १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण