आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युनाइटेडको लज्जास्पद हार

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : २५
मङ्गलबार, २५ वैशाख २०८१

लण्डन । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध लज्जास्पद हार बेहोरेको छ । सोमबार ४–० को जित हासिल गर्दै प्यालेसले पहिलोपटक कुनै लिग सिजनका दुवै खेलमा युनाइटेडलाई पहिलोपटक हराउन सफल भएको हो ।

माइकल ओलिसेले खेलको १२ औँ मिनेटमा प्यालेसलाई अग्रता दिलाए । ४० औँ मिनेटमा जिन फिलिपे माटेटाले टोलीको अग्रता दोब्बर बनाए । घरेलु मैदानमा उनको लगातार छैटौँ गोल थियो ।

दोस्रो हाफको ५८ औँ मिनेटमा टाइरिक मिचेलले तेस्रो गाल गरे भने ६६ औँ मिनेटमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।

पछिल्लो समय खराब प्रदर्शन गरिरहेको युनाइटेड ३५ खेलबाट ५४ अङ्कसहित लिगको आठौँ स्थानमा सीमित रहेको छ । प्यालेस ३६ खेलका ४३ अङ्कसहित लिगको १४ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप