झलनाथको प्रस्टीकरण : पार्टी फुटाउने हल्ला सुनियोजित
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको भन्दै खण्डन गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन् ।
‘..यही सिलसिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदैछन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ’, खनालले भनेका छन्, ‘केहि अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् ।’ यस्तो हल्लाले पार्टीव्यापी रूपमा भ्रमको कुहिरो फैलाइएको भन्दै यस्तो भ्रममा नपर्न खनालको आग्रह छ ।
खनालले मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रूपले अघि बढिरहेको गत २१ फागुनबाट मुलुकमा नयाँ राजनीतिक समीकरणले आकार लिएको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण