सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने

बुधबार, २६ वैशाख २०८१, ११ : ४५
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा भएर पनि लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको अवस्थामा त्रिविले असार मसान्तभित्रमा सबै नतिजा प्रकाशित गरिसक्ने बताएको हो ।

त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पुरानो नतिजा असारभित्र प्रकाशित गर्नेगरी तयारी गरिएको बताए ।

‘हामी आइसकेपछि पुराना नतिजाहरू के कति बाकी छ, त्यसको रिपोर्ट लिइरहेका छौँ । पुराना सबै नतिजा असारभित्र प्रकाशित गर्ने गरी तयारी गरेका छौँ । ढिलोमा असारभित्र पुरानो परीक्षाको नतिजा प्रकाशित हुन्छ,’ रजिस्ट्रार रिजालले भने ।

त्रिविले एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । कर्मचारीको अभावमा नतिजा प्रकाशन गर्नमा ढिलाइ भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप