नयाँ सरकार गठनको आह्वान भए तत्काल दाबी पेस गर्ने तयारी
विराटनगर । काेशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख पर्शुराम खापुङ जुटेका छन् ।
आजै एमाले र माओवादीसहितका दलहरूले प्रमुख खापुङलाई नयाँ सरकार गठन गर्न माग गर्दै निवेदन दिएका छन् । निवेदनका साथमा उनीहरूले प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले विश्वासकाे मत नलिएको भन्दै दलहरूलाई दिएकाे पत्र समेत समेटेका छन् ।
साेही आधारमा प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न संविधान, कानुन र अभ्यासलाई हेरेर कानुनी परामर्शमा रहेकाे जनाएका हुन् ।
उता, एमाले र माओवादीले आफ्ना सांसदहरूलाई विराटनगर नछोड्न निर्देशन दिएका छन् । प्रदेश प्रमुखले कुनैपनि बेला सरकार गठनको आह्वान गर्नसक्ने र सनाखतमा उपस्थिति रहनुपर्ने भएको कारण विराटनगर नछोड्न निर्देशन गरिएकाे एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
`सरकार गठनको आव्हान भए हामी १५ मिनेटमा दाबी गर्छौँ,´ भण्डारीले भने, `तत्कालै सनाखत गर्नुपर्ने हुनसक्छ ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण