लन्डन आएर पनि ह्यारीले राजा चार्ल्सलाई नभेट्ने
लन्डन । बेलायती शाही परिवारमा राजा चार्ल्स कान्छा छोरा राजकुमार ह्यारीसँग असन्तुष्ट छन् । हयारीको आत्मकथा सार्वजनिक भएयता दुईबिचको सम्बन्ध झनै चिसो बनेको छ । लन्डन भ्रमणमा रहेका राजकुमार ह्यारीले चार्ल्सलाई नभेट्ने भएका छन् ।
बेलायती राजपरिवारसँग सम्बन्धित व्यक्तिहरूले सो कुराको जानकारी दिएका हुन् । राजकुमार ह्यारी इनभिक्टस गेम्सको १० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन लन्डन पुगेका छन् ।
राजा चार्ल्सको व्यस्त तालिकाका कारण ह्यारीले उनलाई नभेट्ने ह्यारीका प्रवक्ताले सञ्चारमाध्यमलाई भनेका थिए । तर शाही परिवारका टिप्पणीकर्ता चार्लेट ग्रिफिथ्सकाअनुसार चार्ल्सलाई भेट्न ह्यारीले केही शर्त राखेका छन् ।
चार्ल्सले ती शर्त नमानेपछि बाउछोराको भेटघाट नहुने भएको हो । ह्यारीले पितालाई भेट्दा कोठामा को बस्ने र को नबस्ने भन्ने निर्णय आफ्नो हुने बताएका थिए । तर चार्ल्सले ह्यारीको यो शर्त मानेनन् ।
ह्यारीको आत्मकथाका कारण रिसाएका छन् चार्ल्स
ह्यारी इनभिक्टस खेलहरूको आयोजनाका लागि लन्डन पुगेका हुन् । यो समारोहमा सामेल हुन ह्यारीले शाही परिवारका सदस्यहरूलाई पनि निम्तो पठाएका थिए । अहिलेसम्म शाही परिवारका सदस्यहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
ह्यारी श्रीमती मेगन र बच्चासँग अमेरिकामा बस्छन् । हालै, नेटफ्लिक्सको एउटा डकुमेन्ट्री र ह्यारीको आत्मकथा ‘स्पेयर’मा शाही परिवारसँग सम्बन्धित धेरै खुलासा भएको थियो । जसका कारण राजा चार्ल्स राजकुमार ह्यारीसँग रिसाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण