पाकिस्तानको ग्वादरमा आतङ्कवादी हमला, सात मजदुरको मृत्यु

ग्वादर । पाकिस्तानमा पछिल्लो समय दिनहुँ जस्तो आतङ्कवादी हमलाहरू भइरहेका छन् । बुधबार राति ग्वादरमा एक आतङ्कवादी हमलामा सात मजदुरको ज्यान गएको छ । स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए ।
आतङ्ककारीहरूले अन्धाधुन्ध गोली चलाउँदा सुतिरहेका सात जनाको मृत्यु भएको बताइएको छ । अर्को एक जना घाइते भएका छन् ।
पाकिस्तानमा आतङ्कवादी हमलामा वृद्धि भएको छ । सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजले हालै सार्वजनिक गरेको वार्षिक सुरक्षा प्रतिवेदन अनुसार २०२३ मा पाकिस्तानमा ७८९ आतङ्कवादी हमला भएको थियो । यी आक्रमणमा १ हजार ५२४ जनाको मृत्यु भएको थियो भने १ हजार ४६३ जना घाइते भएका थिए ।
मृतक र घाइतेको सङ्ख्या पछिल्लो ६ वर्षयताकै उच्च हो । यसअघि मार्च २० मा पाकिस्तानको बलुचिस्तानको ग्वादर बन्दरगाहमा आतङ्कवादी हमलाको खबर आएको थियो । आठ सशस्त्र आतङ्ककारीहरू ग्वादर पोर्टको अथोरिटी कम्प्लेक्समा जबरजस्ती प्रवेश गरेर जथाभाबी गोली प्रहार र बम विस्फोट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य