उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : राई
बिहीबार, २७ वैशाख २०८१, १५ : ४३

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ४६.६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।
विभिन्न दलसँग एकीकरण गरी बनेको जसपा नेपाल नेतृत्वको अक्षमताका कारण एक रहिरहन नसकेको दाबी गर्दै जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले पार्टीमा उपेन्द्र यादवले कसैको अस्तित्व स्वीकार नगरेको आरोप लगाए ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले पार्टी फुट्नु रहर नभई बाध्यता भएको बताए । अन्याय धेरै दिनसम्म सहन नसकेर अलग भएको उनको भनाइ थियो ।
उनले निर्वाचन आयोगजस्तो संस्थाले सबै अध्ययन गरेर आफूहरूको दल दर्ता गरेको पनि बताए । ‘यदि चित्त बुझेको छैन भने अदालतको ढोका खुला छ’, उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव