मधेस प्रदेशका ५० प्रतिशत नेता आफ्नो पक्षमा रहेको अशोक राईको दाबी
बिहीबार, २७ वैशाख २०८१, १५ : ५३

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मधेस प्रदेशमा पचास प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।
जसपा नेपालबाट विभाजित भएर नयाँ पार्टी बनेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् । निर्वाचन आयोगले दल स्पष्ट हुनका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय दिइसकेको उल्लेख गर्दै उनले त्यस अवधिमा मधेस प्रदेशका थुप्रै नेता तथा कार्यकर्ता आफ्नो पक्षमा आउने दाबी गरे ।
राईले भने, ‘हामीले कसैसँग लेनदेनको आधारमा यो पार्टी विभाजन गरेको होइन, हामी अन्यायमा परेका कारण अलग भएका हौँ ।’
आफू नेतृत्वको पार्टी देशव्यापी रूपमा अगाडि बढाउने बताउँदै उनले विभिन्न दलसँग एकता गर्नका लागि पहल गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव