मधेस प्रदेशका ५० प्रतिशत नेता आफ्नो पक्षमा रहेको अशोक राईको दाबी
बिहीबार, २७ वैशाख २०८१, १५ : ५३
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मधेस प्रदेशमा पचास प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।
जसपा नेपालबाट विभाजित भएर नयाँ पार्टी बनेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् । निर्वाचन आयोगले दल स्पष्ट हुनका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय दिइसकेको उल्लेख गर्दै उनले त्यस अवधिमा मधेस प्रदेशका थुप्रै नेता तथा कार्यकर्ता आफ्नो पक्षमा आउने दाबी गरे ।
राईले भने, ‘हामीले कसैसँग लेनदेनको आधारमा यो पार्टी विभाजन गरेको होइन, हामी अन्यायमा परेका कारण अलग भएका हौँ ।’
आफू नेतृत्वको पार्टी देशव्यापी रूपमा अगाडि बढाउने बताउँदै उनले विभिन्न दलसँग एकता गर्नका लागि पहल गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण