जीतपुर सिमरामा विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा २२ करोड बचत
बारा । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षमा विद्युतीय माध्यमबाट ठेक्का लगाएर करिब २२ करोड बचत गरेको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०८०-०८१ मा विद्युतीय माध्यमबाट ठेक्का आह्वान गरी २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैयाँ बचत गरेको हो ।
चालु आर्थिक वर्षमा नगर प्रमुख राजन पौडेलको विशेष निर्देशनमा ४३ वटा विभिन्न शीर्षकमा ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाँको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आह्वान गरेको थियो ।
जसमा ठेकदार कम्पनीले भ्याट सहित ४० करोड २० लाख ८२ हजार ६ सय ५१ रुपैयाँमा योजनाको ठेक्का कबोल गरेका थिए । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कुल लागतको ३५.२४ प्रतिशत रकम बचत गरेको देखिन्छ ।
त्यस्तै उपमहानगरपालिकाले ८ वटा शीर्षकमा गरिएको १३ करोड ४३ लाख ४ सय ४४ रुपैयाँको बोलपत्र आह्वानमा ठेकदार कम्पनीले १ करोड १ लाख ४७ हजार ९ सय ५८ रुपैयाँमा घटेर कबोल गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी साहले जनाएका छन् । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा पारदर्शी ढङ्गले व्यावसायिक निर्माण कम्पनीहरूले काम पाएको जनाएको छ ।
ठेक्का मार्फत काम हुँदा कामको गुणस्तर राम्रो हुने उपमहानगरको दाबी छ ।
विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा दीर्घकालीन रूपमा राम्रो प्रभाव हुने र नगरपालिकाको भौतिक विकास सँगै आर्थिक उन्नति हुने सम्भावना प्रबल रहेको जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण