एमजी ४ ईभीलाई २०२४ को उत्कृष्ट कारको उपाधि
काठमाडौँ । एमजी ४ ईभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ ईभीले शीर्ष उपाधि जित्न सफल भएको हो ।
विद्युतीय कार एमजी ४ ईभीले गत वर्ष नेपाली बजारमा कदम राखेको थियो । २०२२ मा बजारमा आएको एमजी४ ईभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इयर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरू हासिल गर्दै आएको छ ।
एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजी ४ ईभी, एमजि जेडएस ईभी, एमजि कोमेट ईभी गरी ३ वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजि एचएस, र एमजी एसटर गरी ३ वटा मोडेलका इन्धन गाडीहरू बिक्री वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण