रास्वपा पश्चिमा स्वार्थ समूहको सहयोगमा जन्मेको पार्टी हो : सीपी मैनाली

काठमाडौँ । नेकपा (माले) का महासचिव सीपी मैनालीले विभिन्न स्वार्थ समूहको सहयोगमा ठुला दलले गरेको बदमासीबाट रास्वपा उत्पन्न भएकाले कुनै भविष्य नभएको बताएका छन् । नयाँ भनिए पनि पुराना दल र रास्वपाबिच कुनै भिन्नता नभएको उनले टिप्पणी गरे ।
‘रास्वपाले न जरो थाहा छ न भविष्य छ । कुनै लक्ष्य नभएका, ठुला दलबाट उत्पन्न असन्तुष्टि र विभिन्न स्वार्थ समूहको सहयोगमा आएका हुन् । कुनै निश्चित मान्यता नभएकाले पुरानै दलको मान्यतामा अगाडि बढ्छन् । पश्चिमा मुलुकलाई आदर्श मान्दै हिँडेका देखिन्छन्’, रातोपाटीसँग कुरा गर्दै उनले भने ।
ठुला दलहरू सत्ताको निम्ति लागेकाले देशको अवस्था निरन्तर ओरालो लागेको मैनालीले बताए । देशलाई निरन्तर उँधो ठेलिरहेका छन् । सबैको दाउ कसरी सत्तामा जाने र प्रधानमन्त्री हुने भएकाले उनीहरूलाई कुनै लाज नभएको उनको भनाइ छ ।
‘कपडा लाउन्जेल कपडा खोल्ने डर हुन्छ । कपडा नै उतारिसकेपछि के को डर ?’, उनले प्रश्न गरे । उनले स्वतन्त्र राष्ट्रिय मोर्चा बनाएर जाने विषयमा देशभक्त, वामपन्थी र विभिन्न पेसा व्यवसायीसँग छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता