रास्वपा पश्चिमा स्वार्थ समूहको सहयोगमा जन्मेको पार्टी हो : सीपी मैनाली
काठमाडौँ । नेकपा (माले) का महासचिव सीपी मैनालीले विभिन्न स्वार्थ समूहको सहयोगमा ठुला दलले गरेको बदमासीबाट रास्वपा उत्पन्न भएकाले कुनै भविष्य नभएको बताएका छन् । नयाँ भनिए पनि पुराना दल र रास्वपाबिच कुनै भिन्नता नभएको उनले टिप्पणी गरे ।
‘रास्वपाले न जरो थाहा छ न भविष्य छ । कुनै लक्ष्य नभएका, ठुला दलबाट उत्पन्न असन्तुष्टि र विभिन्न स्वार्थ समूहको सहयोगमा आएका हुन् । कुनै निश्चित मान्यता नभएकाले पुरानै दलको मान्यतामा अगाडि बढ्छन् । पश्चिमा मुलुकलाई आदर्श मान्दै हिँडेका देखिन्छन्’, रातोपाटीसँग कुरा गर्दै उनले भने ।
ठुला दलहरू सत्ताको निम्ति लागेकाले देशको अवस्था निरन्तर ओरालो लागेको मैनालीले बताए । देशलाई निरन्तर उँधो ठेलिरहेका छन् । सबैको दाउ कसरी सत्तामा जाने र प्रधानमन्त्री हुने भएकाले उनीहरूलाई कुनै लाज नभएको उनको भनाइ छ ।
‘कपडा लाउन्जेल कपडा खोल्ने डर हुन्छ । कपडा नै उतारिसकेपछि के को डर ?’, उनले प्रश्न गरे । उनले स्वतन्त्र राष्ट्रिय मोर्चा बनाएर जाने विषयमा देशभक्त, वामपन्थी र विभिन्न पेसा व्यवसायीसँग छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण