‘गिल्टी अर नट गिल्टी’ मञ्चन गर्दै कौसी थिएटर
काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ । २६ गतेसम्म मञ्चन हुने यो नाटक रसियन–अमेरिकन लेखक अयन र्यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ ।
यसलाई राजकमल फकिरको निर्देशन तथा डिजाइनमा नाटक तयार भएको हो । नेपालीकरण गरिएको यो नाटकले अग्रवाल इन्भेस्टमेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औँ तलाबाट खसेर मृत्यु भएपछि घटना हत्या हो कि आत्महत्या हो भन्ने विषयको अदालती बहस गर्नेछ ।
रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, वासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायत कलाकारको अभिनय रहनेछ ।
फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको रहनेछ भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहनेछ । नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त शो हुने कौसी थिएटरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण