छैटौँ सरकार बन्नुमा जनादेश र केन्द्रको समीकरण प्रमुख कारक हो : आङ्बो
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशमा छैटौँ सरकार बन्नुमा प्राप्त जनादेश र केन्द्रको समीकरण फेरबदल नै मुख्य भएको बताएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि चलिरहेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस प्रक्रियाका कारण प्रदेशका जनता खुसी नभएको पनि उनले बताए ।
आगामी दिनमा जनतालाई आशा जगाउने गरी कार्की नेतृत्वको सरकार अगाडि बढ्ने उनले विश्वास गरे । बहुमतले सरकार चलाएर अल्पमतले सरकारलाई आलोचना गरेर प्रतिपक्षमा बस्ने संविधानको व्यवस्था रहेको उनले बताए । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले कि विश्वासको मत लिने या राजीनामा गर्ने दुवै विकल्प भए पनि त्यस्तो नभएको कारण अर्को सरकार बनाउनु परेको उनले बताए ।
‘संसदीय प्रणाली र संवैधानिक व्यवस्थाको आधारमा राजीनामा पनि नदिने, विश्वासको मत पनि नलिने भन्ने कुरा कसरी कल्पना गरेको होला ?,’ उनले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले त झन् त्यो गर्न मिल्ने अवस्था नै होइन ।’
नयाँ सरकार बनाउने कुरा प्रदेशसभा र सांसदको जिम्मामा रहेको बताउँदै उनले अदालतमा परेको मुद्दाको फैसलालाई आफूले मान्ने जानकारी दिए । ‘अदालतले दिएको फैसलालाई हामीले मान्नुपर्छ । अदालतमा जाने कुरालाई हामीले अन्यथा मानेका छैनौँ,’ आङ्बोले भने, ‘तर, अदालतले कारण देखाऊ आदेशमा सरकारले गर्ने नियमित काम र संसद्ले गर्ने काममा अवरोध गरेको छैन । त्यसो हुँदा संसद्मा सहभागी नहुनु, विश्वासको मत लिने कुरामा संसद्मा नआउनु भनेको दुःखद कुरा पनि हो ।’
कांग्रेसले संसद्मा नआउने भनेर गरेको कदमलाई स्वाभाविक रूपमा लिन नसकिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण