छैटौँ सरकार बन्नुमा जनादेश र केन्द्रको समीकरण प्रमुख कारक हो : आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशमा छैटौँ सरकार बन्नुमा प्राप्त जनादेश र केन्द्रको समीकरण फेरबदल नै मुख्य भएको बताएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि चलिरहेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस प्रक्रियाका कारण प्रदेशका जनता खुसी नभएको पनि उनले बताए ।
आगामी दिनमा जनतालाई आशा जगाउने गरी कार्की नेतृत्वको सरकार अगाडि बढ्ने उनले विश्वास गरे । बहुमतले सरकार चलाएर अल्पमतले सरकारलाई आलोचना गरेर प्रतिपक्षमा बस्ने संविधानको व्यवस्था रहेको उनले बताए । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले कि विश्वासको मत लिने या राजीनामा गर्ने दुवै विकल्प भए पनि त्यस्तो नभएको कारण अर्को सरकार बनाउनु परेको उनले बताए ।
‘संसदीय प्रणाली र संवैधानिक व्यवस्थाको आधारमा राजीनामा पनि नदिने, विश्वासको मत पनि नलिने भन्ने कुरा कसरी कल्पना गरेको होला ?,’ उनले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले त झन् त्यो गर्न मिल्ने अवस्था नै होइन ।’
नयाँ सरकार बनाउने कुरा प्रदेशसभा र सांसदको जिम्मामा रहेको बताउँदै उनले अदालतमा परेको मुद्दाको फैसलालाई आफूले मान्ने जानकारी दिए । ‘अदालतले दिएको फैसलालाई हामीले मान्नुपर्छ । अदालतमा जाने कुरालाई हामीले अन्यथा मानेका छैनौँ,’ आङ्बोले भने, ‘तर, अदालतले कारण देखाऊ आदेशमा सरकारले गर्ने नियमित काम र संसद्ले गर्ने काममा अवरोध गरेको छैन । त्यसो हुँदा संसद्मा सहभागी नहुनु, विश्वासको मत लिने कुरामा संसद्मा नआउनु भनेको दुःखद कुरा पनि हो ।’
कांग्रेसले संसद्मा नआउने भनेर गरेको कदमलाई स्वाभाविक रूपमा लिन नसकिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, तस्बिरहरू
-
कमल थापा, दिपक सिंह लगायत पक्राउपछि राप्रपाले भन्यो - सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास
-
स्रोत नखुलेको १२ लाख रुपैयाँसहित पर्साबाट तीनजना पक्राउ
-
विवाह गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव
-
बाढीले विद्युत् सेवा अवरूद्ध, २५० परिवार अन्धकारमा
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा