मिसन ८४ का लागि मात्र नयाँ गठबन्धन बनाएको होइन : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले र माओवादी गठबन्धन मिसन ८४ का लागि मात्र नबनाएको दाबी गरेका छन् । सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै उनले दीर्घकालीन लक्ष्यका साथ नयाँ समीकरण बनेको दाबी गरेका हुन् ।
‘विभिन्न राजनीतिक, कानुनी झन्झट पार गर्दै नयाँ गठबन्धन बनेको हो । यो कुनै व्यक्तिलाई राज्यमा जिम्मेवारी दिने हथकण्डा मात्र होइन । सिङ्गो देश र प्रदेशका जनताका चाहना बमोजिम अगाडि बढ्ने उच्च राजनीतिक सहकार्य हो’, मुख्यमन्त्री कार्कीले भने, ‘यो सहकार्य कुनै निश्चित अवधिका लागि मात्र होइन । मिसन ८४ का लागि मात्र होइन । यो अभियान देश र जनताको हितमा दीर्घकालीन रूपमा अगाडि बढाउने वचनबद्धता जनाउन चाहन्छु ।’
नयाँ शक्ति सन्तुलनको नयाँ अभ्यासपछि केन्द्रदेखि सबै प्रदेशमा सरकार परिवर्तन भएको स्पष्ट पार्दै उनले प्रचलित कानुन, सर्वोच्चको आदेश, नियमावली र असल परम्परालाई हेरेर सरकार परिवर्तनको अभ्यास बताए । आफूले फेरि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेकाले सबैको विश्वास जितेर कोशी प्रदेशलाई अगाडि बढाउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण