बेलायती रोजगारदाताहरू तलब ४ प्रतिशत बढाउने योजनामा

लन्डन । बेलायतका रोजगारदाताहरूले आगामी १२ महिनाभित्र ४ प्रतिशतभन्दा धेरैले तलब बढाउने अपेक्षा गरिएको छ । चार्टर्ड इन्स्टिच्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट (सीआईपीडी)ले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । त्यहाँको निजी क्षेत्रमा व्यवसाय तथा रोजगारदाताहरूले औसत ४ प्रतिशतका दरले तलब बढाउने देखिएको छ । सरकारी क्षेत्रमा भने ३ प्रतिशत आसपास तलब बढ्ने देखिएको छ ।
महँगी केही सुस्त बनेको र श्रम बजारमा सुस्ती जारी रहँदा तलब वृद्धिको योजनामा थोरै हेरफेर हुन सक्ने सीआईपीडीका श्रम बजार अर्थशास्त्री जेम्स कोक्केटले भनेका छन् । अर्को बौद्धिक समूह रिजोल्युशन फाउन्डेशनले सोमबारै सार्वजनिक भएको अर्को छुट्टै प्रतिवेदनमा महँगीसँगको समायोजनपछिको तलब वृद्धि अहिलेकै दरमा दिगो देखिने बताएको थियो ।
गएको हप्ता बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ (बीओई)ले सार्वजनिक गरेको प्रतिवेदनले पनि आगामी एक वर्षको अवधिमा बेलायतमा तलब ४ दशमलव ६ प्रतिशतले बढ्न सक्ने देखाएको थियो । उच्च स्तरमा रहेको महँगी नियन्त्रण गर्न बोओईले गएको हप्ता ब्याजदर १६ वर्षकै उच्च स्तरमा यथावत् राख्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै