हिरामन्डीका ताजदारले पाए ‘नेशनल क्रस’को ट्याग
नयाँ दिल्ली । अभिनेता ताहा शाह आजभोलि चर्चामा छन् । हिरामन्डी रिलिज भएयता ताहा इन्टरनेट सेन्सेशन बनेका छन् । उनले सञ्जय लिला भन्सालीको डेब्यू वेब सिरिज हिरामन्डीः द डाइमन्ड बजारमा ताजदार बलोचको भूमिका निर्वाह गरेका थिए । वेब सिरिजमा उनको अभिनयलाई दर्शकहरूले निकै मन पराइरहेका छन् ।
सुरुमा हिरामन्डीमा ताहाले ताजदारको साथीको भूमिका पाएका थिए । उनको अभिनयबाट प्रभावित सञ्जय लिला भन्सालीले उनले लूक टेष्ट दिएको भूमिकामा नभएर ताजदारको भूमिकामा खेलाए । ताहलाई ताजदारको भूमिकामा हेरेपछि फ्यानहरूले उनलाई नेशनल क्रसको ट्याग दिएका छन् । सिरिजमा शर्मिन सइगलसँग ताहाको जोडीलाई धेरैले मन पराएका छन् । हिरामन्डी रिलिज भएपछि ताहा पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनको फ्यान फलोइङ निकै बढेको छ ।
अभिनयमा करियर बनाउन ताहाले आफ्नो पढाई बिचमै छाडेका थिए । उनले श्रद्धा कपुरको साथमा लभ का द एन्डबाट सन् २०११ मा बलिउडमा डेब्यू गरेका थिए । यसपछि उनी गिप्पी, बर्खा, बारबार देखो र राँची डायरिजमा पनि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण