एमालेले बोलायो संसदीय दलको बैठक
बुधबार, ०२ जेठ २०८१, ०९ : २७
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ ।
कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने सत्ता पक्ष त्यसमा तयार भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण