लाइसेन्स घोटाला प्रकरण : थप दुई जना कम्प्युटर अपरेटर पक्राउ
काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात व्यवस्था विभागमा कार्यरत कम्प्युटर अपरेटर दिपा न्यौपाने र इलाका प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर गणेश भण्डारी छन् ।
लाइसेन्स घोटालामा हालसम्म पक्राउ पर्नेका सङ्ख्या ११ पुगेको ब्युरोका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए।
यसअघि यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डे सहित ९ जना पक्राउ परेका थिए । हालसम्म पक्राउ पर्नेमा अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्ट, लजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बास्तोला, बिर्जु कुमार चौधरी र वसन्त पाण्डे छन् ।
आरोपीहरू विरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण