जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिको तयार गरेको हो ।
केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।
उम्मेदवारको नामावली नेपाली वर्णानुक्रमअनुसार प्रकाशित बेलुकी ५ बजेसम्म र ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने कार्य हुने छ । जेठ २९ गते राति ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ ।केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको लागि मतगणना एकै पटक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण