टी–२० विश्वकपलाई ध्यानमा राखी खेलमा फर्किए आर्चर
काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली बलर जोफ्रा आर्चर एक वर्षभन्दा लामो समयपछि खेलमा फर्कने भएका छन् । आर्चरले बुधबार सुरु हुने पाकिस्तानविरुद्धको पहिलो टी–२० शृंखला खेल्ने भएका छन् ।
इङ्ल्यान्डका कप्तान जस बट्लरले पनि आर्चर खेलमा फर्कने समाचारको पुष्टि गरेका छन् । २९ वर्षीय आर्चर तीन सय ८२ दिनपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कन लागेका हुन् । इङ्ल्यान्ड र पाकिस्तानबिचको पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता बुधबार राति खेलिँदै छ ।
आर्चर आगामी आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएका हुन् । ‘आर्चर लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै छन् । विश्वकपअघि उनको आगमनले हामी उत्साही छौँ,’ कप्तान बट्लरले भनेका छन् ।
आर्चर स्वास्थ्य समस्याका कारण लामो समयदेखि मैदान बाहिर थिए । उनी पिठ्यूँ र कुइनोको चोटबाट पिडीत थिए । पाकिस्तानविरुद्धको शृंखलाका लागि टोलीमा फर्कनुअघि उनले बार्बाडसमा आफ्नो क्लब विल्डीबाट पनि खेलेका थिए ।
इङ्ल्यान्डले जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकपका लागि घोषित १५ सदस्यीय टोलीमा पनि आर्चरलाई समावेश गरेको छ ।
तीव्रगतिका बलर आर्चरले हालसम्म इङ्ल्यान्डका लागि १५ खेल खेल्दै १८ विकेट लिइसकेका छन् । उनले देशका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेका छन् ।
टी–२० विश्वकपअघि इङ्ल्यान्डले पाकिस्तानसँग चार खेलको शृंखला खेल्दैछ । शृंखलाको दोस्रो खेल शनिबार, तेस्रो खेल आगामी मंगलबार र चौथो खेल आगामी बिहीबार खेलिने छ ।
आगामी टी–२० विश्वकपमा इङ्ल्यान्ड समूह ‘बी’ मा परेको छ । उक्त समूहमा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । विश्वकपमा इङ्ल्यान्डले आफ्नो पहिलो खेल जुन ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण