एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?
बिहीबार, १० जेठ २०८१, १२ : ०६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनको आन्तरिक तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । ‘महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई अन्तिम रूप दिएर तल्ला कमिटीमा पठाउनुपर्नेछ । सोही विषय छलफलको मुख्य एजेन्डा हो’, खतिवडाले भने, ‘अरू समसामयिक विषयमा पनि छलफल हुन्छ ।’
सो पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेभित्र काठमाडौँमा हुँदैछ । त्यसका लागि पार्टी नेताहरूले राजनीतिक सांगठानिक सहित चार वटा दस्तावेजको मस्यौदा तयार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण