आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?

बिहीबार, १० जेठ २०८१, १२ : ०६
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनको आन्तरिक तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।  ‘महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई अन्तिम रूप दिएर तल्ला कमिटीमा पठाउनुपर्नेछ । सोही विषय छलफलको मुख्य एजेन्डा हो’, खतिवडाले भने, ‘अरू समसामयिक विषयमा पनि छलफल हुन्छ ।’

सो पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेभित्र काठमाडौँमा हुँदैछ । त्यसका लागि पार्टी नेताहरूले राजनीतिक सांगठानिक सहित चार वटा दस्तावेजको मस्यौदा तयार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप