नेपालमा कोरोनाका 'केपी' सब–भेरियन्ट पुष्टि
काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमाकोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो ।
परीक्षण अनुसार ४० जनाको नमुना परीक्षण गर्दा ‘केपी–१’ १२ जनामा र ‘केपी–२’ १७ जनामा पुष्टि भएको छ । यस्तै १/१ जनामा ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ । ४० जनामा गरिएको नमुना परीक्षणमा ‘जिएन १’ ७ जनामा र र ‘बिए २’ २ जनामा पुष्टि भएको पनि प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैशीले जनाएका छन् ।
जैशीका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० जनामा नमुनाको ‘जिन सिक्वेन्सिङ’ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी १ र केपी २’ पुष्टि भएको हो ।
यस्तै विज्ञहरूले दिर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन सुझाव दिएका हुन् । ‘कडा छैन भनेर हेलचक्राई गर्न भएन,’ उनले भने,‘दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउनुपर्छ, जसका लागि परिवारको जो सदस्य भिडमा जानु हुन्छ, उहाँले कोरोनाको स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ ।’
डा. पुनका अनुसार ‘केपी–१’ र ‘केपी–२’ ले बाहिरी मुलुकमा खासै असर गरेको देखिँदैन । ‘गत सातादेखि हेर्दै छु, सिंगापुर र चाइनामा व्यापक फैलिएको थियो,’ उनले भने, ‘कडा देखिएको छैन, तर संक्रमक छ । वृद्धवृद्धा र दिर्घरोगीहरुलाई जोखिम हुन सक्छ, उहाँहरूले यसलाई विशेष ध्यान दिनुपर्छ ।’ उनका अनुसार भाइरसका सब भेरियन्टहरु विभिन्न हुन्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो पटक पुष्टि भएको ओमिक्रोनका सब–भेरियन्टहरु पनि सामान्य भएको बताए । ‘भाइरसहरू विभिन्न देखा पर्छन् तर कुनै स्वास्थ्यका लागि हानिकारक हुन्छन्, कुनै हुँदैनन्,’ उनले भने, ‘स्वास्थ्यका लागि हानिकारक छ भने बाहिर ल्याउँछौँ, खोपले काम गरेकाले स्वास्थ्यमा खासै असर पुर्याउँदैन, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।’
कोरोनाको स्वास्थ्य मापदण्ड (मास्क लगाउने, हात धुने, भिडबाट टाढा रहने लगायत) पालना गरेमा कोरोना मात्रै नभई अन्य विभिन्न संक्रामक रोगबाट जोगिन सकिने चिकित्सकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण