आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित
चेन्नई । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो ।
जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन् ।
ओपनर यशस्वी जैसवालले २१ बलमा ४२ रन बनाउनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । यता हैदराबादका शहबाज अहमदले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र २३ रन खर्चेर ३ विकेट लिए ।
उनलाई अभिषेक शर्माले २ विकेट लिँदै साथ लिए । कप्तान प्याट कमिन्स र टी नटराजनले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले हेनरिच क्लासनको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । उनले ३४ बलमा ४ छक्काको मद्दतले ५० रन बनाए ।
राहुल त्रिपाठीले १५ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले भने ओपनर ट्राभिस हेडले २८ बलमा ३४ रनको योगदान दिए । शहबाज अहमदले १८ रन जोडे ।
अब फाइनल खेलमा हैदराबादले आइतबार कोलाकाता नाइट राइडर्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण