सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
आईपीएल

आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित

शुक्रबार, ११ जेठ २०८१, २३ : ४७
शुक्रबार, ११ जेठ २०८१

चेन्नई । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो ।

जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन् ।

ओपनर यशस्वी जैसवालले २१ बलमा ४२ रन बनाउनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । यता हैदराबादका शहबाज अहमदले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र २३ रन खर्चेर ३ विकेट लिए ।

उनलाई अभिषेक शर्माले २ विकेट लिँदै साथ लिए । कप्तान प्याट कमिन्स र टी नटराजनले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले हेनरिच क्लासनक अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । उनले ३४ बलमा ४ छक्काको मद्दतले ५० रन बनाए ।

राहुल त्रिपाठीले १५ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले भने ओपनर ट्राभिस हेडले २८ बलमा ३४ रनको योगदान दिए । शहबाज अहमदले १८ रन जोडे ।

अब फाइनल खेलमा हैदराबादले आइतबार कोलाकाता नाइट राइडर्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप