भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
काठमाडौँ । भारत सरकारको सहयोगमा लुम्बिनी प्रदेशमा निर्माण भएको दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको १.७६ करोड रुपियाँको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकाको श्री बाल जनता माध्यमिक विद्यालय र २.८७ करोड रुपियाँको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप–महानगरपालिकाको श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय उद्घाटन गरिएको छ ।
बाल जनता माविको भवन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, पद्मोदय पब्लिक नमुना माविको विद्यालय भवन जिल्ला समन्वय समितिका प्रमुख शर्मा, घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावासका सचिव सिंहले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
ती विद्यालयहरूलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकार बिच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ ।
सन् २००३ यता लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारत सरकारका ६१ वटा परियोजना रहेका छन् । जसमा ६ वटा परियोजना दाङमा छन् । भारतले लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । त्यसमध्ये यसमा १९ वटा एम्बुलेन्स र पाँच वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण