वीरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ कार्यक्रम : आत्मनिर्भर बनाउन मेसिनरी औजार वितरण
सुर्खेत । यहाँको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले ‘मेयरसँग महिला किसान’ कार्यक्रममा सञ्चालनमा ल्याएकी छन् । उक्त कार्यक्रमले महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । सोही उद्देश्यअनुरूप नगरभित्रका महिला किसानहरूलाई मेसिनरी औजार वितरण गरिएको छ ।
विभिन्न ३९ जना महिलाहरूलाई ती औजारहरू वितरण गरिएको हो । मेयर मोहनमाया ढकालका अनुसार २८ जना महिलालाई मिनीटिलर र ११ जनालाई पावरटिलर वितरण गरिएको हो । कृषि नै आर्थिक विकासको महत्त्वपूर्ण आधार हो भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
विशेषगरी यो कार्यक्रम महिला दिदी बहिनीहरूलाई नै लक्षित गरेर ल्याइएको ढकालले बताइन् । ‘रोजगारी सिर्जना, उत्पादनमा वृद्धिसँगै आर्थिक वृद्धिदरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले भनिन्, ‘वितरण गरिएका औजारहरू पाँच वर्षसम्म अन्त कतै दिन पाइने छैन । पटक–पटक अनुगमन हुने र उपलब्धिको समीक्षा समेत हुन्छ ।’
ढकालले यो परियोजना निकै महत्त्वाकाङ्क्षी योजना भएको बताइन् । महिलाहरूलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने उनले बताइन् । महिलामैत्री नगर बनाउनका लागि ‘छोरीको लागि गर्वको नगर, महिलामैत्री नगर’ भन्ने नारा नै राखेर महिला आयआर्जन सम्बन्धी विभिन्न कार्यक्रमहरू ल्याइएको छन् ।
यसअघि नै अटो सञ्चालन, अचार उत्पादन लगायतका कार्यक्रमहरू सञ्चालनमा छन् । ढकालले भनिन्, ‘अहिलेको प्रविधिसँग महिला किसानलाई जोडेर अगाडि बढ्न सजिलो होस् भन्ने हामीले सोचेका छौँ । महिलालाई आत्मनिर्भर बनाई आर्थिक रूपमा सबल र सफल बनाइने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण