बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

पावरप्लेमा बोल्टको सबैभन्दा बढी विकेट, चहलविरुद्ध सबैभन्दा धेरै छक्का प्रहार

शनिबार, १२ जेठ २०८१, १३ : ४९
शनिबार, १२ जेठ २०८१

चेन्नई । इन्डियन प्रिमयर लिग (आईपीएल) को क्वालिफायर-२ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार चेन्नईको चेपौक स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सकेको थियो ।

खेलमा राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनी यो सिजन पावरप्लेमा सबैभन्दा बढी विकेट लिने बलर बनेका छन् । 

यो सिजन हेनरिक क्लासेनले स्पिनविरुद्ध सर्वाधिक छक्का प्रहार गरेका छन् । योसँगै चहल आईपीएलको इतिहासमा सबैभन्दा बढी छक्का खाने बलर बनेका छन् । 

  •  चहल सर्वाधिक छक्का खाने बलर

युजवेन्द्र चहल आईपीएल इतिहासमा सबैभन्दा बढी छक्का खाने बलर बनेका छन्। लिगमा बलिङ गर्दा उनले कुल ३५ हजार २२१ बल बलिङ गरे, जसमा उनविरुद्ध २२३ छक्का प्रहार भएका छन् ।

उनले पियुष चावलालाई पछाडि छाडे। चावलाविरुद्ध आईपीएलमा हालसम्म २२२ छक्का प्रहार भएका छन् ।

  • हेड एक सिजनमा पावरप्लेमा सबैभन्दा बढी रन बनाउने दोस्रो ब्याट्सम्यान

अस्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड आईपीएलको एक सिजनमा पावरप्लेमा सबैभन्दा बढी रन बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन्। यस सिजन हैदराबादबाट खेल्दा उनले अहिलेसम्म ४०२ रन बनाएका छन्। 

यो सूचीमा अष्ट्रेलियाका ब्याट्सम्यान नै शीर्ष स्थानमा छन् । सन् २०१६ मा हैदराबादबाट खेल्दा डेभिड वार्नरले पावरप्लेमा कुल ४६७ रन बनाएका थिए। त्यो सिजन वार्नरले कुल ८४८ रन बनाएका थिए ।

  • स्पिन विरुद्ध क्लासेनको सबैभन्दा बढी छक्का

हैदराबादका ब्याट्सम्यान हेनरिक क्लासेन यस सिजन स्पिनविरुद्ध सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। क्लासनले यो सिजन ११४ स्पिन बलको सामना गरे जसमध्ये उनले २३ बलमा छक्का प्रहार गरे।

क्लासनले आफ्नै सहकर्मी अभिषेक शर्मालाई पछाडि छोडे। अभिषेकले स्पिन बलरविरुद्ध २२ छक्का प्रहार गरेका छन् ।

  • कमिन्सको १७ औँ सिकार 

हैदराबाद कप्तान प्याट कमिन्सले १७ विकेट लिएका छन्। कप्तानका रूपमा उनी एक सिजनमा सबैभन्दा बढी विकेट लिनेमा दोस्रो स्थानमा छन्। 

यो सूचीमा शेन वार्न शीर्ष स्थानमा छन् । सन् २००८ मा अर्थात् पहिलो सिजनमा वार्नले राजस्थान रोयल्सको कप्तानी हुँदा कुल १९ विकेट लिएका थिए ।

  • पावरप्लेमा बोल्ट सफल

यो सिजन ट्रेन्ट बोल्टले पावर प्लेमा सबैभन्दा बढी विकेट लिन सफल भएका छन् । । शुक्रबार पावरप्लेमा उनले कुल ३ विकेट लिए । योसँगै पावरप्लेमा उनको विकेट संख्या १२ पुगेको छ ।

योसँगै उनले हैदराबादका भुवनेश्वर कुमारलाई पछाडि छोडे। भुवीले यो सिजन पावरप्लेमा १० विकेट लिएका छन् । उनले क्वालिफायर–२ मा कुनै सफलता पाउन सकेनन् ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप