कृष्ण सेन इच्छुकको बारेमा अध्ययन अनुसन्धान आवश्यक छ : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले अमूर्त समाजवादलाई वैज्ञानिक समाजवादमा लैजानु अहिलेको कार्यभार रहेको बताएका छन् । २२ औ कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले इच्छुकले देखेका सपना अझै पूरा नभएको बताए ।
कृष्ण सेन राजनीति पत्रकारिता गर्ने नेता भएको कारण उनी राजनीतिमा स्पष्ट रहेको उनले बताए । कृष्ण सेनको बारेमा अध्ययन अनुसन्धान हुनुपर्ने भन्दै उनले यसमा सरकारले पनि सहयोग गर्नुपर्ने बताए । उनले इच्छुकका विचार स्थापित गर्न सकिए समाजवाद परिष्कृत भएर आउने बताए ।
माओवादीको नेतृ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफ्नो राजनीति गुरु पत्रकार सेन रहेको बताइन् । राजनीतिमा आइ परेका समस्याको समाधान गरी आफूहरूलाई उत्साहित गर्ने गरेको बताउँदै उनले विभिन्न मोर्चामा सेनसँग सहकार्य गरेको बताइन् ।
पत्रकार सेन निष्ठा र आस्थाको धरोहर रहेको बताउँदै उनले नेपाली सेनाबाट चरम यातना पाएको कुरा अहिले सम्झना आइरहेको बताइन् । गोपनीयता भङ्ग गरेको भन्दै सेनाले पत्रकार सेनलाई यातना दिएर हत्या गरेको मन्त्री शर्माले बताइन् ।
शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो नलाग्नु गम्भीर कुरा रहेको बताउँदै उनले शान्ति प्रक्रिया टुङ्गो लगाउनमा राजनीति भइरहेको बताइन् ।
माओवादी केन्द्रका नेता ओम शर्माले क्रूर सत्ताविरुद्ध लडेका कृष्ण सेन बाचिरहेका भए कस्ता सृजना गर्ने होला भन्दै प्रश्न गरे। अहिले पनि विभिन्न विकृति विसङ्गति रहेको बताउँदै उनले पत्रकार सेनले देखाएको बाटोमा हिँड्नु पर्ने बताए ।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि पोखरेलले कृष्ण सेन अक्षरबाट क्रान्ति गरेकाले पत्रकारका लागि धरोहर रहेको बताए । उनलाई नेपाली सेनाले यातना दिएर हत्या गरेको समाचार जनआस्थामा ब्रेक गर्दा पाएको पीडा अझै सम्झनामा ताजा रहेको बताए । उनले कृष्ण सेनको योगदानलाई सम्झदै वाम एकतामा जोड दिनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण