फेसन शोमा डिजाइनरका नवीनतम सिर्जना
काठमाडौँ । फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरेको नेपाल फेसन फेस्टिभलमा शनिबार डिजाइनर रनवे आयोजना गरियो । वरिष्ठ कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलहरूले विभिन्न डिजाइनरद्वारा तयार पारिका पहिरनहरू र्याम्पमा प्रस्तुत गरे ।
फेसन शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेका पहिरनहरू प्रदर्शन गरेका थिए । आइतबार साँझ पनि फेसन शो आयोजना हुने आयोजकले जनाएको छ ।
शुक्रबारबो शोमा शुक्रवारको फेसन शोमा परी कस्मेटिक्सकी दीपा गुरुङ, ज्वाला राज डिजाइन्स, सिम्रिक डिजाइन्स स्टुडियोकी प्रज्ञा चित्रकार, आइआइएफटी तथा नमुना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरनहरू प्रदर्शन गरिएको थियो ।
फेसन शोको पहिलो सिक्वेन्स ‘परी’मा परी कस्मेटिक्सकी दीपा गुरुङले तयार पारेका पहिरनहरुलाई मोडेलहरु प्रकृति, सुरुचि, आयुष्मा, यञ्जु, प्राची, सारा, सिफाली, प्राची एले प्रदर्शन गरेका थिए ।
त्यस्तै, दोस्रो सिक्वेन्स ‘ज्वाला’ मा मेनाल्ड, रोनिश, तौफिक, साइरस, लोकेश, उत्सव, कृषाल, लकी तथा अंकितले विभिन्न पहिरन प्रदर्शन गरेका थिए । यो सिक्वेन्समा रनुशा, एलिशा, कविता तथा दीप्तिले पनि पहिरन गरेका थिए ।
तेस्रो सिक्वेन्समा प्रज्ञाका पहिरनहरुलाई सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।
_gB8PsnJWjB.jpg)
चौथो सिक्वेन्समा आइआइएफटीका डिजाइनरले तयार पारेका पहिरनहरूलाई मोडलहरु प्रकृति, सुरुचि, आयुष्मा, यज्जु, याश्ना, प्राची, सारा, सिफाली तथा प्राची एले प्रदर्शन गरेका थिए ।
नमुना कलेजका फेसन डिजाइनरका विद्यार्थीहरूको पहिलो समुहले तयार पारेका पहिरनहरू मेघना, दीप्ति, टीका, निरिश्मा, रुपा, रनुशा, एलिशा, कविता तथा पुरुष मोडेलहरु कृषाल, रोनिष, तौफिक, लोकेशले प्रदर्शन गरेका थिए । लोगोका पहिरनहरू भने मिनाल्ड, रोनिष, तौफिक तथा लोकेशले प्रदर्शन गरेका थिए । जुजुका पहिरनहरू भने कृषाल, उत्सव, रोनिश, मेनाल्ड तथा लकीले प्रदर्शन गरेका थिए । फेसन शोको अन्तिम सिक्वेन्समा टरी मटियानाका पहिरनहरू सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।
_1Mh0BqjFAH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण