शेरबहादुर देउवालाई प्रधानमन्त्रीको आग्रह– सहमतिको वातावरण बनाउन पहल गर्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध हटाउनका लागि पहल गरिदिन प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आइतबार बिहान संसद् बैठक बस्नुअघि देउवा निवास बुढानीलकण्ठ भेट्न पुगेका प्रचण्डले शीर्ष तहका नेताहरूबिच मोटामोटी सहमति भएकाले गतिरोध हटाउन पहल गरिदिन आग्रह गरेको प्रधानमन्त्रीका सचिवालयले बताएको छ ।
‘शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीले संसद्को गतिरोध हटाउन आग्रह गर्नुभएको छ । शीर्ष नेताहरूबिच सहकारी प्रकरणमा सहमति नजिक पुगेको प्रधानमन्त्रीले देउवालाई जानकारी गराउनुभयो । सहमतिको वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो । देउवाबाट केही जवाफ आएको छैन । संसद् खुल्ने÷नखुल्ने विषयमा कांग्रेसले के गर्छ, त्यसमा भर पर्छ ’, प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले रातोपाटीसँग भने ।
शनिबार कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले संसदीय समितिको कार्यादेश टिओआरमा सहमति नजिक पुगेको प्रस्ताव शीर्ष नेताहरूसँग पेस गरेको थियो । शनिबार साँझै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूबिच भएको छलफल निष्कर्षविहीन भएको थियो ।
प्रधानन्त्री प्रचण्ड र देउवाबिच भएको सहमति सकारात्मक नभएपछि शीर्ष तहको बैठक अनिश्चित भएको छ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाएका छन् । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण