मुग्लिन–नारायणगढ सडकमा पहिरो, स्काभेटर चालकको मृत्यु
आइतबार, १३ जेठ २०८१, १० : ५४
काठमाडौं । चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक हुन् । पुल बनाउन पहाड काट्ने क्रममा काम गरिरहेको अवस्थामा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको डीएसपी रिजालले बताए ।
चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । घटनास्थल इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण