इजरायलसँग नयाँ वार्ता गर्न हमासद्वारा अस्वीकार
तेल अभिभ । हमासले इजरायलसँग नयाँ वार्ता गर्न अस्वीकार गरेको छ । गाजामा युद्ध विरामका लागि इजरायलले अर्को वार्ता गर्न चाहेको इजरायली सञ्चार माध्यमहरूले बताइरहेकै समयमा हमासका अधिकारी ओसामा हमदानले नयाँ वार्ताको आवश्यकता नभएको अभिव्यक्ति दिएका हुन् ।
सबैखाले आक्रमण रोक्न इजरायलले गाजा पट्टीबाट सेना फिर्ता बोलाउनु पर्ने अल जजिरा अरेबिकसँग शनिबार फोन वार्तामा हमदानले भनेका थिए ।
आफूहरूले सहमति जनाइसकेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको भन्दै उनले आफूहरूलाई नयाँ वार्ताको खाँचो नरहेको बताएका छन् ।
इजरायलले नयाँ प्रस्ताव स्वीकार गर्छ भन्ने ग्यारेन्टी नभएको र अर्को वार्ता सुरु गर्नु भनेको इजरायललाई आक्रमणलाई निरन्तरता दिन थप समय दिनु भएको पनि उनको भनाइ छ ।
यो महिनाको सुरुमा हमासले कतार र इजिप्टको मध्यस्थतामा युद्ध विरामको एउटा प्रस्तावलाई पारित गरेको थियो । तर इजरायलले सो प्रस्ताव आफ्नो माग अनुसार नभएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण