सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुखः महामन्त्री थापा
आइतबार, १३ जेठ २०८१, १४ : १८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए ।
थापाले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको पनि बताए ।
महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको सो क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण