महालेखाले राष्ट्रपतिलाई बुझाएको ६१ औँ प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम रायले आज राष्ट्रपति समक्ष ६१औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा ६ परिच्छेद रहेका छन् । जसमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखापरीक्षणबाट देखिएको समष्टिगत स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालय गतिविधिलाई समावेश गरिएको छ। वार्षिक प्रतिवेदनका सारभूत विषयहरू समावेश गरी छुट्टै महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ सारांश समेत तयार पारिएको छ ।
नेपालको संविधानको धारा २९४ (३) बमोजिम प्रदेशको काम कारबाहीका सम्बन्धमा ७ वटै प्रदेशको अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्न सक्ने व्यवस्था छ । लेखापरीक्षण ऐन, २०७५ को दफा २० (२) बमोजिम सम्बन्धित स्थानीय तहमा अलग अलग लेखापरीक्षण प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ ।
यस वर्ष ७५३ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७८७९ को बक्यौता रहेका २ सहित ७४८ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरिएको छ ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण