झन्डै ९ लाख सूचीकृत बेरोजगार, ६ हजारलाई सरकारले दियो रोजगारी
काठमाडौँ । देशका ७ प्रदेशमा सूचीकृत भएका बेरोजगारको सङ्ख्या ८ लाख ८५ हजार १५४ जना रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख तथ्याङ्कअनुसार ७ वटै प्रदेशमा गरी कूल ९ लाख हाराहारी बेरोजगार रहेको पाइएको हो ।
तथ्याङ्कअनुसार सूचीकृत बेरोजगारमध्ये सबैभन्दा धेरै कोशीमा छन् । कोशी प्रदेशमा सूचीकृतमध्ये १.५ प्रतिशत बेरोजगार छन् । यसपछि बागमती र गण्डकीमा समान १.२ प्रतिशत सूचीकृत बेरोजगार छन् ।
यसपछि लुम्बिनीमा ०.९ प्रतिशत, मधेशमा ०.६ प्रतिशत तथा कर्णाली र सुदूरपश्चिममा समान ०.४ प्रतिशत सूचीकृत बेरोजगार रहेका छन् । कूल सूचीकृत बेरोजगारमध्ये ६ हजार ६९९ जना भने न्यूनतम रोजगारीमा खटेको सरकारी तथ्याङ्क छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयोजनामा खटिने श्रमिक र रोजगार सेवा केन्द्रमा कार्यरत ९० हजार कर्मचारीको सामूहिक दुर्घटना बीमा गरिएको छ । यसका लागि ८७ लाख ७५ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म सूचीकृत बेरोजगारमध्ये ६ हजार ६९९ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका छन् । यसमध्ये कोशीमा सबैभन्दा धेरै १ हजार ६६२ जनाले रोजगारी पाएका छन् । यस्तै बागमतीमा १ हजार २२७ जनाले प्रधानमन्त्री रोजगार पाउँदा लुम्बिनीमा ८९६ जनाले पाएका छन् ।
यस्तै कर्णालीमा ७६९ जनाले, सुदूरपश्चिममा ७२१ जनाले र मधेशमा ७०३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाएको तथ्याङ्क सरकारको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण