कार्यादेशमा साझा धारणा बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे साझा धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।
संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष सहमत भए पनि समितिको कार्यादेशमा कुरा मिल्न सकेको छैन । गृहमन्त्री लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कांग्रेसको छ । सत्ता पक्ष लामिछानेको नाम उल्लेख गरेर कार्यादेश बनाउने पक्षमा देखिएको छैन ।
आज बिहानको छलफलमा पनि दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सहमति हुन सकेन । प्रधानमन्त्री प्रचण्डले सत्तारुढ एमाले–रास्वपा र विपक्ष कांग्रेसलाई आन्तरिक छलफलका लागि समय दिएका छन् । सहमहामन्त्री परियारका अनुसार आजै साँझ प्रधानमन्त्रीले दुवै पक्षलाई बोलाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण