स्थानीय तहमा व्याप्त बेरुजु, तलब, छात्रवृत्ति र पाठ्यपुस्तकमै हुन्छ घोटाला
काठमाडौँ । देशभरका १३१ स्थानीय तहका शैक्षिक संस्थामा व्याप्त बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा महालेखाले देशभरका विभिन्न स्थानीय तहहरूले पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको तलबमा बढी रकम निकासा गर्ने गरेको खुलेको हो ।
महालेखाका अनुसार देशका १३१ स्थानीय तहले शिक्षकको तलबमा ३ करोड ९७ लाख ६ हजार रुपैयाँ बढी निकासा गरेका छन् । स्थानीय तहले कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालय शिक्षक किताबखानाबाट तलबी प्रतिवेदन पारित गराई तलब भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
स्थानीय तहले शिक्षकहरूको तलबी प्रतिवेदन पारित नगरेको, बढी ग्रेड भुक्तानी गरेको, दोहोरो निकासा दिएको देखिएको छ । यसबाहेक, दरबन्दीभन्दा बढी शिक्षकहरूको तलब भत्ता निकासा गरेको समेत महालेखाले उल्लेख गरेको छ । यसबाट स्थानीय तहहरूमा समेत केन्द्रीय र प्रदेश सरकारमा जस्तै बेरुजु र अपचलन व्याप्त रहेको देखाउँछ ।
यसबाहेक यो वर्ष १२९ वटा स्थानीय तहले शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएभन्दा पाठ्यपुस्तकमा ३ करोड ३९ लाख ८३ हजार रुपैयाँ बढी निकासा दिएका छन् । यस्तै १०१ स्थानीय तहले छात्रवृत्तिमा २ करोड ४७ लाख ६२ हजारसमेत गरी कूल ५ करोड ८७ लाख ४५ हजार बढी निकासा दिएको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण