कर्णाली सरकारले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
सोमबार, १४ जेठ २०८१, १४ : ५०
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति तथा कार्यक्रमका लागि इमेलमार्फत सुझाव माग गरेको हो ।
मुख्यमन्त्री कार्यालयले भनेको छ, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषय क्षेत्रसँग सम्बन्धित सुझाव दिन इच्छुक महानुभावहरूले जेठ १८ गतेसम्म [email protected] मार्फत सुझाव तथा सल्लाह प्रदान गर्न जेठ १० गतेको यस कार्यालयको निर्णयअनुसार सबैमा आह्वान गरिन्छ ।’
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण