महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मातहतका कमिटीलाई पठाउने एकीकृत समाजवादीको निर्णय
सोमबार, १४ जेठ २०८१, १८ : १३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कमिटीको ८ औँ बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको हो ।
महाधिवेशनका लागि प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्नका लागि गरिएका संवादबारे छलफल भएको छ ।
यस्तै बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा ७ जना नेताको टोली जेठ १६ गते चीन भ्रमणमा जाने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण