रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा १६ जनाको मृत्यु
नयाँ दिल्ली । रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चक्रवातले यी दुई देशका तटीय क्षेत्रमा विध्वंस गरेको छ । मुसलधारे वर्षाका कारण कयौं क्षेत्र डुबानमा परेका छन् । बङ्गलादेशमा ८४ लाख भन्दा धेरै मानिस चक्रवातको चपेटामा आएको बताइएको छ ।
चक्रवातका कारण बङ्गलादेशमा कम्तीमा १० जनाको मृत्यु भएको विपद् व्यवस्थापन प्रमुख मिजानुर रहमानले भनेका छन् । केहीको मृत्यु आश्रय स्थलमा जाने क्रममा मृत्यु भएको बताइएको छ । केहीको मृत्यु भने पर्खाल भत्किएर वा बाढीमा परेर भएको बताइएको छ । बंगलादेशका १९ जिल्लामा ३५ हजार घरहरू क्षतिग्रस्त भएका छन् । अरु १ लाख १५ हजार घरहरू भने आंशिक रुपमा क्षति पुगेको बताइएको छ ।
भारतको पश्चिम बंगाल राज्यमा चार जनाको करेन्ट लागेर मृत्यु भएको थियो । योसँगै मर्नेको संख्या सो राज्यमा ६ जना पुगेका छन् । बंगलादेश र भारतमा गरेर झन्डै १० लाख मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण