पपुआ न्यू गिनीमा पहिरोमा परेर कम्तीमा २ हजारको मृत्यु
मङ्गलबार, १५ जेठ २०८१, १२ : २१
पोर्ट मोरेस्बी । पपुआ न्यू गिनीमा पहिरोमा परेर कम्तीमा २ हजार जनाको मृत्यु भएको छ । त्यहाँको सरकारले बताएअनुसार २ हजारभन्दा धेरै मानिस ज्यूँदै पहिरोमा पुरिएका थिए । शुक्रबार बिहानै सुदुर एन्गा प्रान्तको यामबाली गाउँका सारा बासिन्दा निद्रामा भएको समयमा नजिककै पहाडबाट विशाल ढिस्को खसेर गाउँ पुरिएको थियो ।
मर्नेको यो सङ्ख्या संयुक्त राष्ट्र सङ्घ (यूएन)ले सुरुमा गरेको अनुमानभन्दा तेब्बर हो । यस घटनामा कम्तीमा ६७० जना मरेको हुन सक्ने अनुमान यूएनको थियो । पहिरो खसेयता मृतकको सङ्ख्याबारे फरक फरक अनुमान आइरहेका छन् ।
वास्तविक मृतकको सङ्ख्या कति छ भनेर तत्कालै अधिकारीहरूले पनि बताउन सकिरहेका छैनन् । बारम्बार माटोको ढिस्को खस्ने क्रम जारी रहँदा उद्धार कार्य प्रभावित भइरहेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण