‘ईश्वर’को पोस्टरमा रोमान्टिक पृथ्वीराज र अनु
काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकार द्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ ।
पोस्टरमा साइकललाई पनि देखाइएको छ । नायक पृथ्वी नायिका अनुसँग रोमान्स गर्न साइकलमा चढेर आएको अनुमान लगाउन सकिन्छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा राजु गिरीको निर्देशन तथा हरिबहादुर थापाको निर्माण छ । फिल्मको पटकथा भोजराज देवकोटाले लेखेका हुन् ।
केही दिनअघि पोखरामा फिल्मको प्रिमियर गरिएको थियो । फिल्म हेर्ने दर्शकले राम्रो रहेको प्रतिक्रिया दिएका थिए । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो ।
फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन छ । फिल्मको वितरणको आरआर फिल्मस्ले गर्दै छ । फिल्म साउन ११ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण